Advertisement
SKIP THIS
नेकपा अछाममा रडाको : सदरमुकाम मंगलसैनमा त’नाव

अछाम :फुटको संघारमा रहेको नेकपा बिभाजनको प्रभाव अछाम निकै बढेको छ।

अछाम सदरमुकाम मंगलसेनमा रहेको पार्टी कार्यलय प्रधानमन्त्री ओलि पक्ष र प्रचण्ड नेपाल पक्ष कब्जा गर्न लागिपरेका छन् । सोमबार देखि नै दुई पक्षमा कारण त’नाव सिर्जना भएको सदरमुकाम मंगलसेनमा मंगलबार भने झन त’नावग्र’स्त बन्यो ।

यस्तै बिच नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडीमा तोड’फोड भएको छ। 

मंगलबार नेकपा ओली समूहले अछाममा सम्पन्न गरेको बिस्तारित बैठकपछि प्रचण्ड–नेपाल समूहले थापा चढेको प्रदेश ३ – ०१०२३ च ७०६९ नम्बरको गाडीमा तोड’फोड गरेका हुन।

उक्त समूह निकटका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताले गाडीमा ढुंगा’मुढा गरेको बताइएको छ।

बैठक समापनपछि प्रहरी स्कटिङमा जिल्लाबाट बाहिरिदै गरेको अवस्थामा केही युवाले अध्यक्ष कर्ण थापा चढेको गाडीमा ढुंगामुढा प्रहा’र गरेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए।  उक्त समूहको खोजी भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया