Advertisement
SKIP THIS
बान्निगढी जयगढ गाउँपालिकामा जिपि कोइराला फाउन्डेसन भवनको शिलान्यास

अछाम :अछामको बान्निगढी जयगढ गाउँपालिकामा जिपि कोइराला फाउन्डेसन भवनको शिलान्यास गरिएको छ।

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले शुक्रबार एक कार्यक्रमबीच फाउन्डेसनको भवन शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै नेता पाण्डेले
गिरिजाप्रसाद कोइरालाको सम्झनामा फाउन्डेसनको भवन शिलान्यास गर्न पाउनु र काम थालनी हुनुले कोइराला प्रति सच्चा सम्मान भएको बताए ।

बान्निगढी जयगढ गाउँपालिकाको २२ लाखको सहयोगमा भवन बन्न लागेको बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्काले बताए ।
यस्तै अछामको ढकारी गाउँपालिकामा पनि जिपि कोइराला फाउन्डेसनको भवन निर्माणको अन्तिम चरणमा पुगिसकेको काङ्ग्रेस नेता तथा ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले बताए ।

सुदुरपश्चिम् प्रदेश भित्र प्रतिस्ठानको दुईटा भवन बनेको अछाम पहिलो जिल्ला हो । अन्य जिल्लामा हालसम्म प्रतिस्ठानको नामबाट भवन नबनेको जिपि कोइराला फाउन्डेसन अछामका अध्यक्ष ढुङ्गानाले बताए ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पाटी सभापति भरत कुमार स्वार,पुर्व पाटी सभापति मेघराज खड्का ,महासमिति सदस्य बलबहादुर कुवर,राजन कुवर,जिपि कोइराला फाउन्डेसन अछामका यज्ञराज ढुङ्गाना लगायतको उपस्थित रहेकोे थियो ।

गिरीजा प्रसाद कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ उनकै पुत्री सुजाता कोइरालाले स्थापना गरेको प्रतिष्ठानले विभिन्न किसिमका रचनात्मक क्रियाकलाप हरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया