निराकरण सम्वाददाता अछाम.नेपाली कांग्रेसका केन्दिय सदस्य तथा युवा नेता बद्री पाण्डेले बताउनु प्रधानमन्त्री केपि ओलि अहिले आफुले के के न गरे जसरी अहिले निस्केर अबिनन्दन ग्रहण गर्न जिल्ला जिल्ला निस्केको बताएका छन ।नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश सभा ख को आयोजनामा संसद विघटन असवैधानिक कदम बिरुद्ध वृहत विरोध सभा जयगढमा बोल्दो सो कुरा बताएका हुन ।
कार्यक्रमा प्रमुख अथितीको आसन बाट बोल्दै उहाँले राष्ट्रपति बिद्या देवि भण्डारीले केपी शर्मा ओलिले गर्ने हरेक सिफारिस लाइ हतार हतारमा पास गने गरेर महारानी बन्न खोजेको केपी ओलि तानासाह बन्न खोजेको बताए।
यस्तै सोही कार्यक्रमा बोल्दै नेता पाण्डेले भिम रावल नेकपाको प्रभावशालि नेता भएको तर अछामको लागि समेत केही गर्न नसेकेको बताए।
जव जव सरकार गठन हुन थाल्थो तेती बेला केपीले आर्कषक मन्त्रायल दिन्छन की भनेर चुप बस्ने अनि आर्कषक मन्त्रायल नपाउदा राष्ट बादीका कुरा गर्ने बताए।
कार्यक्रम विशिष्ट अथितिको नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वार रहनु भएको थियो कार्यक्रममा नेपाली कांग्रेस अछामका पुर्व पार्टी सभापति मेगराज खड्का महासमिति सदस्य बल बहादुर कुवर ,राजन कुवर लगायतका नेता तथा कार्यकताको उपस्पथिती रहेको थियो । नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश सभा ख का सभापति डम्बर स्वारको सभापतित्वमा सम्पन्न भएको थियो ।