Advertisement
SKIP THIS
प्रचण्ड सरकार ढाल्नमा माहिर छन् :अहिलेसम्म १० पटक सरकार ढालिसके

धनगढी: नेकपाका स्थायी कमिटि सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टी विभाजनमा अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को हात रहेको आ’रोप लगाएका छन्।

सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्डले अहिलेसम्म १० पटक सरकार ढलाएको र दर्जनाैं पटक पार्टी फोडेको आ’रोप लगाएका हुन।

आफ्नै पार्टीको नेतृत्व रहेको सरकारविरु’द्ध अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड’यन्त्र भएपछि प्रतिनिधी सभा विघटन गरिएको उनले बताए।

मन्त्री भट्टले सहमतिमा पार्टीमा निर्णय गरिने मान्यताको उल्लंघन गरेर अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले कम्युनिस्ट आन्दो’लन र आचणप्रति गद्दा’री गरेको आ’रोप लगाएका छन्।

आफूहरु नेकपाको मूलधारमा भएको दाबी गर्दै मन्त्री भट्टले निर्वाचनको तयारीको सन्देश दिन श्रम मन्त्री गौरीशंकर चौधरी, प्रदेश अध्यक्ष कर्ण थापा र आफूसहित अन्य केन्द्रीय सदस्य र नेता धनगढी आएको बताए।

सोहि पत्रकार सम्मेलनमा बोल्दै नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले निर्वाचनको सन्देश दिन पुष २४ गते प्रधानमन्त्री केपी शर्मा ओली समेत धनगढी आउने बताए।

 

तपाईको प्रतिक्रिया