Advertisement
SKIP THIS
हिउँ खेल्न हेलिकप्टरमा जाने ह‌ैन त खप्तड ?

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानी हो ।

खप्तडमा २२ वटा पाटन र ५३ वटा थुम्काहरू तथा त्यहाँको सौन्दर्यले खप्तड भूस्वर्गझैं लाग्छ । खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा परिचित छ ।

खप्तडले हिउँको घुम्टो पाएपछि झनै अलौकिक देखिन्छ ।अब सुदूरपश्चिमको राजधानी धनगढी, साविक क्षेत्रीय सदरमुकाम दीपायल र डोटीको झिग्रानाबाट हेलिकोप्टरमार्फत हिउँले ढाकिएको खप्तड घुम्न पाईने भएको छ ।

खप्तड होमस्टे झिङग्रानाले माउण्टेयन एयरसंग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेज ल्याएको हो । होमस्टेका सञ्चालक दीपक बहादुर खड्काले धनगढीबाट ३० हजार, दीपायलबाट १० हजार र झिग्रानाबाट ८ हजारमा हिउँले ढाकिएको खप्तड घुम्न पाईने जानकारी दिए ।

उनका अनुसार पर्यटन प्रवद्र्धनका लागि उक्त प्याकेज ल्याईएको हो ।समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

खप्तड पुसको मध्यदेखि नै सेताम्मे हिउँले ढाकिन्छ भने जेठदेखि असारसम्म विशाल फाँटहरूमा रंगीचंगी फूलले ढाकिन्छ । खवर कुञ्ज

 

तपाईको प्रतिक्रिया