Advertisement
SKIP THIS
कैलालीक‍ो लम्किमा ट्रकमा आगलागी

लम्कि : कैलालीमा पार्किङ गरिएको ट्रकमा आगलागी भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ भल्कामा रहेको पेट्रोल पम्प अगाडि पार्किङ गरिएको ट्रकमा आगलागी भएको छ।

लम्किका पत्रकार रमित पाण्डे अनुसार खाली ट्रकको क्याबिनमा खाना पकाउन बालिएको ग्याँसबाट आगो सल्किएको हो। ना ४ ख ४९१३ नम्बरको खाली ट्रकको केहि भाग जलेको छ।

ट्रक सिमेन्ट ढुवानीपछि धनगढी फर्किदै गरेको कैलाली प्रहरीले बताएको छ। दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका छ्न। ट्रकमा आगो लागेको भएपनि अन्य मानविय तथा भौतिक क्षति भएको छैन्।

 

तपाईको प्रतिक्रिया