Advertisement
SKIP THIS
प्रेस युनियन बाजुराद्वारा महासंघको कार्यालयमा ताला’बन्दी

बाजुरा: नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालयमा ताला’बन्दी गरेको छ।

महासंघले मनोमानी ढंगले विभिन्न गतिविधी गरेको भन्दै शनिबार तालाबन्दी गरेको प्रेस युनियन बाजुरा शाखाले जनाएको छ।

प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष प्रेमबहादुर रौलेको नेतृत्वमा गएको टोलीले महासंघको नव निर्मित भवनमा ताला लगाएको हो।

महासंघले गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, राजनीतिक दलमा आवद्ध तथा आफु निकटका व्यक्तिलाई विधान विप’रित सदस्यता प्रदान गरेको भन्दै ताला लगाइएको युनियनका अध्यक्ष रौलेले बताए।

गैर पत्रकारको सदस्यता वितरणको सिफारिस र’द्द गर्दै व्यवसायिक पत्रकारको नामावली पठाउनुपर्ने, राजनीतिक पहुँच बढाउने गरी आफु निकट पत्रकारको नामावली सिफारिस खारेज गर्नुपर्ने लगायतका मागसहित ताला लगाएको उनले बताए।

महासंघले गैर पत्रकारको नामावली खारेज नगरेमा थप चरणबद्ध आन्दोल’न गर्ने युनियनद्वारा जारी वि’ज्ञप्तीमा    भनिएको छ।                                                                                                 

तपाईको प्रतिक्रिया