Advertisement
SKIP THIS
बान्निगढि जयगढ गाउँपालिकामा घर घरमै सामाजिक सुुरक्षा भत्ता

निराकरण सम्वाददता अछाम -बान्निगढि जयगढ गाउँपालिका नागरिक लाई घर घरमै सामाजिक सुुरक्षा भत्ता बितरण कार्य सुरु गरिएको छ।

शुक्रबार गाउँपालिकाको वडा नं ४ तिमिल्सिना बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का वडा अध्यक्ष कर्ण बहादुर ठकुल्ला सुरक्षा कर्मि पत्रकारको रहोबरमा वडाका सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिक अशक्त एक महिला गरि करिव २ सय नागरिकलाई सामाजिक सुुरक्षा भत्ता बितरण गरिएको सिभिल बैंक जयगढमा शाखा प्रमुख निरज भट्टले जानकारी दिए।

पहिले वडा कार्यलय बाटै अाफुले भत्ता बुझ्ने गरेको तर सरकारले बैंक मार्फत लिनुपर्ने बाध्यता गरेपछि अाफु जस्ता जेष्ठ नागरिकलाई निकै अप्ठ्यारो परेको तर गाउँपालिकाले घरमै अायर भत्ता दिदा स्थानिय सरकार भएको महसुस गरेको बान्निगढि जयगढ गाउँपालिका वडा नं ४ तिमिल्सिनाका लोक ठकुल्लाले बताए ।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्नु पर्ने नियम लागू गरेपछि विशेष गरि जेष्ठ नागरिक अशक्त हरुले जयगढमा सुरक्षा भत्ता बुझ्न निकै अप्ठ्यारो हुने भएपछि उहाँहरुको सहजताका लागि वडा कार्यलय र वडा कार्यलय समेत नआउन सक्ने नागरिकलाई घर घरमै गयर भत्ता वितरण गरिने बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का बताए ।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्नु पर्ने अनिवार्य गरेपछि बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्न केही ढिलो भएको अध्यक्ष खड्काले बताए । हिजो गाउँ पालिकाको वडा नं २ जनालिकोटमा घर घरमा गएर सामाजिक सुरक्षा बितरण गरिएको बाकी रहेका वडामा समेत घर घरमै गयर सामाजिक सुरक्षा बितरण गरिने गाउँ पालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए ।

तपाईको प्रतिक्रिया