Advertisement
SKIP THIS
अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चीतता तथा दिगोपना जिल्ला घोषणा

अछामःअछाम जिल्लालाई पूर्ण खोप सुनिश्चीतता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।मंगलबार जिल्ला समन्वय समिती अछाम प्रमुख तथा जिल्ला खोप समन्वय समिती अध्यक्ष ललित बहादुर कुँवरको अध्यक्ष्तामा कार्यक्रम सम्पन्न भएको हो । रहेका १६ देखि २३ महिला सम्ममा १ हजार ८ सय र २४ देखि ५९ महिना सम्मका ६हजार ८ सय ९० गते कुल ८ हजार ७ सय ७० बालबालिकालाई खोप लगाईसकेपछि खोप सुनिश्चीतता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

स्थानिय स्रोतको उपयोग स्वामित्व र सहभागीता,पूर्ण खोप सुनिश्चीतता हाम्रो प्रतिबद्धतता भन्ने मुल नाराका साथ अछाम जिल्लाका १० ओटै स्थानिय तहलाई पूर्ण खोप सुनिश्चीतता तथा दिगोपना घोषणा गरिएपछि जिल्लालाई नै घोषणा गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।खोप निशुल्क पाईने,खोपले बालबालिकाको जिवन रक्षाका लागि महत्वपूर्ण भुमिका खेलेको समन्वय प्रमुख कुँवरले आग्रह गरे ।

अछाम जिल्लाका १० वटै स्थानीय तहका १६ देखि ५९ महिनाका वालवालिकाहरुलाइ खाेप लगाएको सुनिश्चीतता तथा स्थानीय तह स्तरको खोप समन्वय समिति तथा जिल्ला खोप समन्वय समितिवाट गाउपालिका र नगरपालिका २५ प्रतिशत वडाको कम्तिमा १५ घरधुरी सर्बेक्षण गरि कुनै पनि वालवालिका खोप पाउन वाट छुट नभएको पालिकामा प्रतिबेदन बुझाई पालिका वाट वडा घोषणाको अनुमित र जिल्लावाट पालिका घोषणाको अनुमति दिई सबै वडा र पालिका पुर्णा खोप सुनिश्चितता घोषणा गरिएकाे स्वास्थ्य कार्यालका अछामका प्रमुख झपट राज ढु‌गानाले बताए ।

तपाईको प्रतिक्रिया