Advertisement
SKIP THIS
सामाजिक अभियन्ता र युवा नेता लोकेन्द्र साउद रास्वपा प्रवेश

अछाम:सामाजिक अभियन्ता र युवा नेता लोकेन्द्र साउद राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।मेल्लेख गाउँपालिका ४ का स्थायी बासिन्दा साउद खेलकुद, र विद्यार्थी राजनीतिमा लामो अनुभव बोकेको युवा नेता हुन्। टिकापुर बहुमुखी क्याम्पसबाट विद्यार्थी सँघ (अनेरास्ववियु) अध्यक्ष हुँदै उनले शैक्षिक संस्थाहरूमा संगठनात्मक नेतृत्व र विद्यार्थी अधिकारको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका छन्।

खेलकुद विकासमा लामो समय योगदान पुर्‍याउंदै कन्चन स्प्रष्ट क्लबका अध्यक्षको रूपमा समेत उनले स्थानीय खेलाडी उत्थान र समुदायमा स्वास्थ्य तथा अनुशासन प्रवर्धनमा महत्वपूर्ण श्रम गरेका छन्।

सामाजिक परिवर्तन र जनस्तरिय अभियानहरुमा समर्पित साउदले जेन्जी नेपाल आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्व दिएका छन् र आन्दोलनका क्रममा घाइते भइ समाजिक संघर्षमा व्यक्तिगत समर्पण देखाएका छन्।

सरसफाइ अभियान सञ्चालन गरी सुदुर पश्चिम क्षेत्रमा नेतृत्व सम्हालेका उनले स्थानीय स्तरमा जनचेतना, सार्वजनिक स्वास्थ्य र दिगो विकासका कामहरू अघि बढाएका छन्।

तपाईको प्रतिक्रिया