Advertisement
SKIP THIS
कांग्रेस युवा नेता शाहद्वारा बिधालयलाई खेलकुद सामाग्री सहयोग

अछाम:नेपाली कांग्रेसका अछामका युवा नेता पृथ्वी बहादुर शाहले बिधालयलाई खेलकुद सामाग्री सहयोग गरेका छन।

बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नाका स्थायी बासिन्दा शाहले पुर्व बिधार्थीको हिसाबले आफुले अध्ययन एश्वर्य माध्यमिक बिधालयलाई खेलकुद सामाग्री सहयोग गरेका हुन।

नेपाली कांग्रेस अछामका जिल्ला सदस्य तथा सूचना, सञ्चार एवं प्रचार विभाग संयोजक समेत रहेका शाहले शिक्षा, खेलकुद, सामाजिक विकासदेखि युवाहरूको क्षमता अभिवृद्धि गर्ने उदेश्य थौरै भएपनि खेलकुद सामाग्री सहयोग गरेको बताए ।

पुर्व बिधार्थीको हिसाबले आफ्नो विद्यालयप्रतिको माया र जिम्मेवारीलाई व्यवहारमै देखाउँदै विद्यालयका विद्यार्थी भाइबहिनीहरूका लागि दुई थान भलिबल, दुई थान नेट तथा दुई थान पम्प सहयोग गरेका हुन।

तपाईको प्रतिक्रिया