Advertisement
SKIP THIS
ढकारीमा रास्वपा जिल्ला सभापति रावल माथि आक्रमण

अछाम :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछामका जिल्ला सभापति ओम प्रकाश रावलमाथि ढकारी गाउँपालिकामा हातपात भएको छ। शनिबारपालिका अधिबेशन गरेर फर्केने क्रममा स्थानीय श्याम क्षेत्रीको ७/८ जनाको टोलिले आक्रमण गरेको हो।

सभापति रावलका अनुसार अधिबेशन सम्पन्न गरेर घर फर्कने बेलामा ढकारी बजारमा मदिरा सेवन गरेको श्याम क्षेत्रको टोलिले मोटरसाइकलको चाबि थुतेर लुगा समेत च्यातिदिएको बताए । बजार क्षेत्र हरेक दिन मदिरा सेवन गरि हल्ला गर्ने गरेको रहेछ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्याम क्षेत्रीलाई नियन्त्रणमा लिएको छ। आक्रमण गर्ने बिरुद्ध अछाम प्रहरीमा जाहेरी दिन आफू मंगलसेन जाँदै गरेको सभापति रावलले बताए ।

तपाईको प्रतिक्रिया