हेर्दा खेरी जिन्दगीको रति भर लाग्दैन
मरेको मान्छेलाई मृत्युको डर लागदैन
बाच्ने चाहना हुँदाहुदै बाच्न नपाए पछी
उसको सामु कसैको पनि कर लाग्दैन
एक दिन यो संसार त्याग्नु पर्छ थाहा छ
अल्पायुमै त दुनियाँ छोड्ने रहर लाग्दैन
डाक्टरले चेकजाच गर्छ औषधि दिन्छ
तर के गर्नु औषधिको कुनै असर लाग्दैन
जिन्दगीको हरेक परिक्षामा पास भएको छु
कुनै कुनै परिक्षामा फेल हुनु अबेर लाग्दैन
दीर्घ ताम्राकार साफेबगर नगरपालिमा ७ रिडिकोट
हाल:सेती प्रादेशिक अस्पतालको बेड
सहयोगको लागि तलको क्युरआर स्क्यान गर्नुहोस्










