अछाम:नेपाली कांग्रेस मेल्लेख गाउँपालिका उपसभापति प्रकाश खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रबेश गरेका छन।मेल्लेख गाउँपालिका–५ सारानी स्थायी बासिन्दा युवा ब्यावसायी खड्काले नेपाली कांग्रेसको राजनीति छोड्दै रास्वपा प्रबेश गरेका हुन।
लामो समयदेखि सामाजिक, संगठनात्मक तथा युवामुखी गतिविधिमा सक्रिय खड्काले बदलिँदो राजनीतिक आवश्यकता, सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्वको पक्षमा आफूले नयाँ राजनीतिक यात्रा सुरु गरेको बताएका छन्।
उनले परम्परागत राजनीतिभन्दा परिणाममुखी कार्यशैली, युवाको सहभागिता र जनअपेक्षाअनुसारको नेतृत्व आजको आवश्यकता भएको उल्लेख गर्दै देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गरेर रास्वपा रोजेको बताएका छन्।
स्थानीय स्तरमा युवा पुस्तामाझ प्रभावशाली छवि बनाएका खड्काको रास्वपा प्रवेशलाई मेल्लेख क्षेत्रको राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। उनका समर्थकहरूले यस निर्णयलाई “नयाँ सोच र जिम्मेवार राजनीतिक अभ्यासतर्फको कदम” भनेर प्रतिक्रिया दिएका छन्।
रास्वापा सम्बद्ध नेताहरूले पनि प्रकाश खड्का जस्ता ऊर्जाशील युवाको आगमनले पार्टी संगठनलाई स्थानीय तहमा थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।









