अछाम:नेपाली कांग्रेस अछामका नेता राजेशबाबु बोगटी राष्ट्रिय स्वतन्त्र पार्टी प्रबेश गरेका छन् ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बोगटी मंगलसेनमा कांग्रेसमा प्रभावसाली मानिन्छन् ।
मङ्गलसेन नगरपालिका वार्ड नं ३ निवासी बोगटी नेपाली कांग्रेस जिल्ला कार्यसमिति अछामका सदस्य तथा पूर्व मंगलसेन नगर उप-सभापति हुन।
कांग्रेस अछामका सभापति पुष्प शाह निकट रहेका बोगटी युवा माझ लोकप्रीय र मंगलसेनमा प्रभाव पार्ने नेताका रुपमा चिनिन्छन।









