Advertisement
SKIP THIS
वडा अध्यक्ष कडायतद्वारा कार्यपालिका बैठक बहिष्कार, यस्तो छ कारण

अछाम:साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटका वडा अध्यक्ष एवम् कार्यापालिका सदस्य हिक्मत कडायतले नगर कार्यपालिका बैठक नोट अफ डिसेन्ट लेखर बैठक बहिष्कार गरेका छन् ।

साँफेबगर नगरपालिका कार्यालय प्रमुख हुदाँ कार्यापालिका बैठक नबोलाउने,नहुदाँ बोलाउने र बजेट कार्यनयन लगायत पालिकाका हरेक गतिविधि र यस आर्थिक बर्षको बैशाख १५ हुदाँ समेत वडालाई बजेटकाे कार्य आदेश नदिएको विषयमा छलफल तथा जवाफ माग्न खाेज्दा हाकिम छैन् नभएको भन्दै नगरपालिकाकाको दोस्रो कार्यापालिकाको आठौं बैठकमा नोट अफ डिसेन्ट लेख्दै बैठक बहिष्कार गरेको बताए ।

नगरका कार्यालयसँग गतिविधिको जवाफ दिने ब्याक्ती कार्यालय प्रमुख नभएको बैठकमा कसले जवाफ दिने भन्दै आफ्नो धारण राखेर नोट अफ डिसेन्ट लेख्दै बैठक बहिष्कार गरेको अध्यक्ष कडायतले बताए ।

तपाईको प्रतिक्रिया