अछाम:अछाम राष्ट्रिय स्वतन्त्र पार्टी साँफेबगर नगर समितिले संगठन विस्तारलाई तिव्रताका साथ अगाडी बढाएको छ ।साँफेबगर नगरपालिका ३,७ र १० मा वडा कमिटी विस्तार गरेको छ । वडा नम्बर ३ सिद्धेश्वरमा भोेपेन्द्र खड्का सभापति रहने गरी १५ सदस्यीय वडा कमीटी गरिएको छ ।
जसमा उपसभापति हिक्मत कुँवर,सचिब धर्मराज उपाध्याय,सहसचिब मनोज कुँवर , कोषाध्यक्ष भाग्य विक लगायतका १५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
यसैगरी साँफेबगर नगरपालिका ७ रिडिकोटमा राजेन्द्रबहादुर कुमाल सभापति रहने गरी ११ सदस्यीय र साँफेबगर नगरपालिका १० घुघुरकोटमा दिनेश खड्का सभापति रहने गरी ९ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
रास्वपा साँफेबगर नगर कमिटी सभापति मानबहादुर कुँवर,नगर सचिब लक्ष्मी कुँवर लगायतको उपस्थितिमा संगठन विस्तारको कार्यक्रम भईरहेको छ ।









