अछाम:प्रेस काउन्सिल नेपालले लोकान्तर डटकमलाई प्रकाशित प्रमाण बेगर समाचार प्रकाशित गरेपछि सचेत गराउदै ३ दिन भित्र स्पष्टीकरण पेस गर्न निर्देशन गरेको छ।
लोकान्तर डटकमले गत फागुन २८ गते ‘अछाम अस्पतालमा गोलमाल १८ लाख नगद ५० लाखको औषधि गायब’भन्दै समाचार प्रकाशित गरेको थियोे । प्रकाशित समाचारमा तथ्य पुष्टि नगरी व्यक्तिविशेषलाई जोडिएको, औषधि तथा उपकरण हराएको दाबी र सेवामा असर परेको विषय उल्लेख गरिएको पाइएकाले त्यसप्रति ध्यानाकर्षण भएको हो। यस्ता सामग्रीले सम्बन्धित व्यक्ति तथा संस्थाको प्रतिष्ठामा असर पार्न सक्ने काउन्सिलले सचेत गराएको छ।
पत्रकार आचारसंहिताविपरीत हुने गरी प्रमाणबिना समाचार सम्प्रेषण गरिएको ठहर गर्दै काउन्सिलले लोकान्तरण डटकमलाई स्पष्ट आधारसहित ३ दिन भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ।यस्तै पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने दायित्व रहेको स्मरण गराउँदै भविष्यमा यस्ता गतिविधि नदोहो¥याउन लोकान्तर डटकमलाई सचेत गराएको छ।
यस्तै अस्पतालले २०८२/११/२९ गते ‘प्रष्ट पारिएको बारे’ बेहोराको खण्डन/प्रतिकियालाई स्थान दिइ खण्डन प्रकाशित गरि जानकारी गराउन समेत निर्देशन गराएको छ।










