अछाम: अछामको तुर्माखाँद गाउँपालिका–३ बल्देमा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बुबा–छोरा बेपत्ता भएका छन्। वैशाख ३ गते साँझ करिब ७ बजे पहलसिंह बुढाले चलाएको डुङ्गा कर्णालीपारी सुर्खेतको पञ्चकुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटी फर्किने क्रममा पल्टिएको थियोे ।
डुङ्गा पल्टिँदा डुङ्गामा सवार चालक वर्ष अन्दाजी ३५ का पहलसिंह बुढा र उनका छोरा वर्ष अन्दाजी ११ का नरी बुढा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ
घटनाबारे स्थानीयले करिब ७:२० बजे प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली त घटनास्थलतर्फ खटिएको थियो। हाल प्रहरी र स्थानीयको संयुक्त टोलीले बेपत्ताको खोजी कार्य गरिरहेका छन।









