Advertisement
SKIP THIS
अछामका ३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो

अछाम :सरकारले अछाम जिल्लाका ३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको हो।

मेल्लेख गाउँपालिकामा कमल प्रसाद पराजुली, कृष्णप्रसाद पौडेल चौरपाटी गाउँपालिकामा सुरेश प्रसाद जैसी बान्नीगढी जयगढ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

उक्त अधिकृतहरूलाई विभिन्न मन्त्रालय तथा निकायबाट सरुवा गरी अछाममा खटाइएको हो। स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने, प्रशासनिक कार्यलाई चुस्त बनाउने तथा सुशासन कायम गर्ने उद्देश्यसहित सरकारले खटाइ गरेको जनाएको छ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूले विकास निर्माण, सेवा वितरण तथा पारदर्शितामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया