Advertisement
SKIP THIS
अछाममा सेवाग्राहीमाथि दुर्व्यवहार भए उजुरी गर्न सांसद संगौलाको आग्रह

अछाम:अछामका स्थानीय तहका कार्यालयहरूमा सेवा लिन जाने सर्वसाधारणमाथि केही जनप्रतिनिधि तथा तिनका आसेपासेबाट अभद्र व्यवहार गरे खबर गर्न रास्वपा सांसद टीका संगौलाले आग्रह गरेकी छन।

उनलेे सामाजिक सञ्चालन लेख्दै भनेकी छन,सेवाग्राहिहरूलाई वडाध्यक्ष, पालिका प्रमुख वा अन्य व्यक्तिहरूबाट घमण्ड, रवाफ देखाउने, थर्काउने तथा गालीगलौज गर्ने जस्ता व्यवहार भोग्नुपरेको भिडियो खिचेर उजुरी गर्न उनलेे आग्रह गरेकी छन।

यदि प्रहरीले उजुरी नलिए सामाजिक सञ्जालमा भिडियो अपलोड गर्न र माथिल्लो निकायमा खबर गर्न आग्रह गरेकी छन।यद्यपि, उजुरी गर्दा आफ्नै तर्फबाट कुनै गल्ती वा कमजोरी भएमा त्यसको जिम्मेवारी पनि लिनुपर्ने गलत आरोप वा प्रमाणविहीन उजुरीका कारण उल्टै कारबाही हुन सक्ने तर्फ समेत सचेत माननीय टीका संगौलाले आग्रह गरेकि छन।

तपाईको प्रतिक्रिया