काठमाडौं:अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पदभारग्रहण गरेसँगै मुख्य तीनवटा खास निर्णय गरेका छन् । मन्त्रीको शपथलगत्तै निर्णय सार्वजनिक गरेका मन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएअनुसार राजस्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने बताएका हुन् ।
यसैगरी १२ चैत, २०८२ सम्मको आर्थिक स्थितिपत्र ‘श्वेतपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने पनि अर्थमन्त्री वाग्लेले बताएका छन् ।
निजी उद्यम–व्इवसाय सुरक्षा एवं प्रवद्र्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत् आर्थिक–कानुनी सुधारको मार्गचित्र बनाउने पनि अर्थमन्त्री वाग्लेले प्रतिवद्धता जाहेर गरेका छन् ।









