Advertisement
SKIP THIS
डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी:डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो ।दुर्घटना राति करिब रााढे १२ बजे भएको हो ।

प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ । मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।जिप मृतक सुबोध रोकायाले चलाएका थिए ।

तपाईको प्रतिक्रिया