Advertisement
SKIP THIS
प्रेम आलेले मनुलाई बुझाए आफूबाट पैसा बुझ्ने कांग्रेसका ५७ जनाको सूची

धनगढी:कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले चुनावमा पैसाको चलखेल भएको खुलासा गरेका छन् । मनुले कांग्रेसकै ५७ जनाले अन्य उम्मेदवारसंग पैसा बुझेको सूची आफूलाई प्राप्त भएको बताएका हुन् ।

‘जो चुनावमा तेस्रो स्थानमा आउनु भएको थियो, उहाँले आएर मलाई एउटा लिस्ट नै दिनुभयो,’ समर्पण मिडियाको अन्तर्वार्तामा मनुले भनेका छन्, “तपाईंप्रति मेरो सद्भाव छ भन्दै तपाईंका यी मान्छेले मबाट आर्थिक सहयोग लिनुभएको हो भनेर भन्नुभयो ।”

२१ फागुनको निर्वाचनमा कैलाली ५ मा नेकपा उम्मेदवार प्रेमबहादुर आले तेस्रो भएका थिए । शाहका अनुसार आलेले बुझाएको सूचीमा रहेका अधिकांश नेता तथा कार्यकर्ता पार्टीको विभिन्न जिम्मेवारीमा छन् । शाहले अन्तर्वार्तामा ५७ जनाको नाम भने खुलाएका छैनन् । कैलाली- ५ मा रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द विजयी हुँदा शाह फराकिलो अन्तरले दोस्रो भएका थिए ।

तपाईको प्रतिक्रिया