अछाम:बयालपाटा काटेनाउला भाग्यश्वर सडक कालोपत्रेको काम सुरु भएको छ।शनिबार साँफेबगर नगरपालिका ६ भाग्यश्वरका वडा अध्यक्ष मीन बहादुर बोहराले कालोपत्रे हुने सो सडकको कामको उद्घाटन गरे।
कालोपत्रेको काम बहुबर्षिय नभएकोले समयमै सम्पन्न गर्न वडाअध्यक्ष बोहराले आग्रह गरे।काम अवधिभर काममा कुनै अवरोध नभएको स्थानीयको हैसियतले सक्दो सहयोग गर्ने अध्यक्ष बोहराले बताए ।
काटेनाउला देखि बडाकोट सम्मको करिब १३ सय मिटर सडक जेठ १५ भित्र कालोपत्र गर्ने उदेश्य रहेको जि एण्ड जे जेभि धनगढीका प्रतिनिधि टेक बहादुर ठकुल्लाले बताए । ३ करोडको लागतमा काटेनाउला देखि बडाकोट सम्म १३ सय मिटर सडक कालोपत्रे हुन लागेको हो।









