काठमाडौं:नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन् ।
सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्योपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा शनिबार (चैत ७) हङकङतर्फ प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ ।
हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकाएर पूर्वप्रधानमन्त्री देउवा नेपाल फर्कने कार्यक्रम तय भएको छ । गएको फागुन १३ गते उनी सिंगापुर प्रस्थान गरेका थिए । रासस









