Advertisement
SKIP THIS
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र प्रदेश युवा परिषद्ममा अछामका ४ सदस्य नियुक्त

अछाम:सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र प्रदेश युवा परिषद्मा सदस्यहरू नियुक्त भएका छन् ।

सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट खेलकुद परिषद्मा ८ जना तथा प्रदेश युवा परिषद्मा ३ जना सदस्य मनोनीत गरिएको हो ।यसमध्ये

प्रदेश खेलकुद परिषद्मा  कुन जिल्लाबाट को-को परे ?

१.चेतमान विक्रम शाह – अछाम
२.गौरी हमाल – डडेल्धुरा
३. श्याम सिंह सिनाल – दार्चुला
४. प्रमोद मल्ल – कैलाली
५. रुपेन्द्र बहादुर धामी – डोटी
६. निता कुमारी खत्री – अछाम
७. नवीन बहादुर सिंह – बझाङ
८. दिपजंग शाही – कैलाली

प्रदेश युवा परिषद्का सदस्यहरू

१. नरेन्द्र प्रसाद जैसी – कैलाली
२. तुल बहादुर साउँद – अछाम
३. संगीता केसी कुँवर – अछाम

यसअघि प्रदेश सरकारले प्रदेश युवा परिषद्को उपाध्यक्षमा गजेन्द्र साउद तथा प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) लाई नियुक्त गरिसकेको छ ।

तपाईको प्रतिक्रिया