कैलाली:रुदै लाईभ आएकी अभियान्ता बताउने लक्ष्मी बोगटी कुँवरले माफि माग्दै फेसबुक लाईभ गरेको भिडियो समेत डिलिट गरेकी छन् ।
आईतवार दिउँसो कैलालीको गौरीगंगा नगरपालिका ६ बनबेहडामा वडा कार्यालय वडा अध्यक्ष टेक बहादुर कुँवरले राजनीतिक प्रतिसोध साधेर आफ्नो सिफारिस नदिएको भन्दै आफूलाई सामाजिक अभियान्ता बताउने बोगटी कुँवरले वडा कार्यालय अगाडि रुदै फेसबुकमा लाईभ गरेकि थिईन।
संस्था दर्ताका लागि बिना बिधान सिफारिसका लागि वडा कार्यालय पुगेकि थिईन। कागजात नपुगेको भन्दै वडा अध्यक्ष कुँवरले सिफारिस नदिएपछि राजनीतिक प्रतिसोध साधेर आफुलाई सिफारिस नदिएको भन्दै फेसबुकमा रोईकराई लाईभ गरेकी थिईन।
सामाजिक विषय खलल पुग्ने र मान मर्यादामा आच आउने काम गरेको भन्दै सामाजिक अभियान्ता बताउने बोगटी कुँवरले माफि मागेकि हुन। रुदै लाईभमा आएकि उनले भिडियो सेयर,लाईक कमेन्ट गर्न आग्रह गरेकि थिईन। सोमबार भएको छलफल उनले आफुखुसि भिडियो विभिन्न मिडियाले प्रयोग गरेको दाबि गरेकि थिईन। सोमबार भएको छलफल देखिएको भिडियो लक्ष्मी बोगटी कुँवरको ब्यावहारले स्थानीय आजित भएको देखिन्छ ।









