Advertisement
SKIP THIS
निमित्त मेसुको ठाउँमा लोकसेवाले मेसु पठाएको हो ,सरुवा भएको छैन ,अछाम अस्पताल

अछाम:जिल्ला अस्पताल अछामले निवर्तमान निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेश प्रसाद यादवको सरुवा नभएको स्पष्ट पारेको छ।

केहि सञ्चार माध्यममा प्रकरण लुकाउन डाक्टरको सरुवा भन्ने सन्दर्भमा समाचार प्रकाशित भएपछि शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गर्दै आठौं तहका निमित्त मेसुको ठाउँ नवौं तहका दरबन्दी अनुसार मेसु लोकसेवा आयोगले नै पठाएको स्पष्ट पारेको छ।

अस्पतालले भनेको छ,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सुदुरपश्चिम प्रदेश धनगढी कैलालीले यस अस्पतालमा रिक्त रहेको मेडिकल सुपरीटेण्डेन्ट पदमा सुदूरपश्चिम लोक सेवा आयोगबाट स्थायी नियुक्तिको लागि सिफारिस गरिएका नवौ तहका मेडिकल सुपरीटेण्डेन्ट लाई स्थायी नियुक्ति गरी जिल्ला अस्पतालमा पदस्थापन गरिएको हो।

यस्तै १८ लाख ७२ हजार ५ सय ७३राजश्व दाखिला नभएको सम्बन्धमाः आर्थिक वर्ष २०८१।०८२ सम्ममा यस अस्पतालको राजश्व संकलनमा जिम्मेवार कर्मचारी हेल्थ असिस्टेन्ट हितेस खड्‌काको युजर आइडीबाट संकलन भएको राजश्व रकम (जरिवाना समेत गरी) १८ लाख ७२ हजार ५ सय ७३ अस्पतालको राजश्व खातामा जम्मा हुनु पर्नेमा सो नगरी आफुसँगै राखेकोले लेखा परिक्षणबाट समेत सो कैफियतका सम्बन्धमा असुल उपर गर्ने विषयमा स्पष्ट भई कार्यालयले निजलाई उक्त रकम तत्काल दाखिलाका लागि पटक पटक पत्राचार भई असुल उपरको लागि ताकेता गरिएको र प्रचलित कानूनी व्यवस्था अनुसार नै असुली प्रक्रियामा रहेको जनाएको छ।

यस्तै ५० लाखको औषधी गायव पारिएको भन्ने सम्बन्धमाः अस्पतालले खरिद गर्ने औषधि खरिद पश्चात नेपाल सरकारको खरिद सम्बन्धी अनलाइन प्रणाली eLMIS/PAMS मा दाखिला गरी सबै औषधि खर्च भएर जाने प्रकृतिको सामान भएकोले उक्त सामान फार्मेसीलाई हस्तान्तरण गरी सो फार्मेसीमा मिडास सफ्टवेयरमा ईन्ट्री गरी सोहि प्रणाली मार्फत नै विक्रि वितरण हुने गरेको अस्पतालले स्पष्ट पारेको छ।

औषधिजन्य सामान विक्रि गर्दै जाँदा केहि सामानको म्याद गुज्रिने समेत भएकोले खरिद गरिने र विक्रि गरिने औषधिको परिमाणमा केहि फरक पर्ने भएता पनि यस सम्बन्धमा भएको सत्य तथ्य के कस्तो हो लिखित रुपमा पेस गर्न सम्बन्धित फाँटवालालाई लिखित निर्देशन दिईएको। साथै सो कार्यका लागि छानविन समिति गठन गरिएकोमा छानबिन समितिका सदस्य रहेका लेखा प्रमुखको दरवन्दी पूर्ति हुन नसकी अनुपस्थित अवस्थाका कारण उक्त कार्यमा ढिलाई भएको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया