अछाम:अछाम १ मा मतपेटिका निर्वाचन अधिकृतको कार्यालय पुग्ने थालेका छन् ।बिहीबार सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा साँफेबगर नगरपालिका ८ स्थित पृथ्वी आधारभूत विद्यालय को मतपेटिका मतगणना स्थल साफेबगरमा पुगेको छ।
निर्वाचन सम्पन्न भएपछि उक्त मतदान केन्द्रबाट मतपेटिका सुरक्षाकर्मी र निर्वाचन कर्मचारीको निगरानीमा सुरक्षित रूपमा मतगणना स्थलमा ल्याइएको हो।यो नै अहिलेसम्म मतदान केन्द्रको पुगेको पहिलो मतपेटिका हुन।









