अछाम:अछामको चौरपाटी गाउँपालिका ७ मार्कृमा लडेर एक जनाको मृत्यु भएको छ।
माघ २५ गते बेलुकाचौरपाटी गाउपालिका ७ मार्कुका ४५ बर्षिय प्रेम बोगटी घर पर अन्दाजी ८ किलोमिटरमा पश्चिम रहेको खर्कतिर जाने क्रममा पहलमानसिंह स्वाँर मार्गको नालीमा एक्कासी लडी घाइते भएका थिए ।
घाइते भएका बोगटीको प्रादेशिक अस्पताल बयलपाटामा उपचारका लागि ल्याएको र उनको बयालपाटामा उपचार हुन नसकी सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरेको र उनको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।










