अछाम:अछाम कारागार भित्र लागु औंषध लिन खोज्ने एक जना प्रकाउ परेका छन।बुधबार दिउँसो कारागारको मुल गेटमा जाच गर्ने क्रममा मंगलसेन नगरपालिका ३ का २८ बर्षिय मोहन बोगटी प्रकाउ परेका हुन।
बोगटीले कैदी बन्दीलाई सामान भित्र दिने बहानामा कालो रङको प्लाष्टिकभित्र रहेको मसुरोको दालभित्र निलो, रातो, र हरियो कपडाको पोका पारी लागू औंषध लिएका थिए ।उनको साथबाट खैरो हिरोईन १ ग्राम ४२ मिलिग्राम फेला परेको अछाम प्रहरीले जनाएको छ।










