Advertisement
SKIP THIS
सेती राजमार्गको साँफेबगर बुढीगंगा सेति दोभानसम्म ट्याक खोलियो

निराकरण खबर अछाम:निर्माणाधीन सेती राजमार्गको साँफेबगर सेती दोभान सम्म ट्याक खोल्ने काम सकिएको छ। साँफेबगर देखि सेती दोभान सम्म रहेको ३२ किलोमिटरमा केही भाग बाकि रहेकोमा केही दिन अघि ट्याक खोलिएको सेती राजमार्ग दक्षिण खण्डका प्रमुख राम कुमार देवले बताए ।

ट्याक खोलिएपछि अहिले सडकको थप स्तरउन्नति भईरहेको, सेती नदिमा करिब ३ सय मिटर पक्की पुल आवश्यक पर्ने भएकोले पुल निर्माण प्रक्रिया अगाडि बढाईएको कार्यालय प्रमुख देवले बताए।

यस्तै डोटी क्षेत्रको ठुलिगाड देखि सेती दोभान सम्मको ४० किलोमिटर मध्ये ६ किलोमिटर ट्याक खोलिएको, कैलाली खण्डको टिकापुर बौनिया ठुलागाड सम्मको ७२ किलोमिटर खण्डको ट्याक खोलिसकेर स्तरउन्नति गर्ने काम भईरहेको कार्यलय प्रमुख राम कुमार देवले बताए ।

तपाईको प्रतिक्रिया