Advertisement
SKIP THIS
डोटीमा घर बिदा आएका ट्राफिक प्रहरी मृत भेटिए

डोटी:डोटीको शिखर नगरपालिका–८ गोपघाट स्थायी घर भएका २८ वर्षीय शंकर बलायर मृत अवस्थामा फेला परेका छन् ।

प्रहरी निरीक्षक नवराज रावलका अनुसार शुक्रबार राति १२:०० बजे तिर जिल्लाको शिखर नगरपालिका–८ गोपघाट केआईसिंह राजमार्गको सडकमा घोप्टाे अवस्थामा टाउँको गम्भीर चाेट लागेको अवस्था मृत फेला परेका हुन् ।

मृतक फेला परेका बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यालय पथलैया वारा दरबन्दी भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान रहेको प्रहरी निरीक्षक रावलले बताए ।

उनी असोज ७ गतेदेखि लागु हुने गरी १८ दिनको बिदामा घर आएका थिए ।मृतकका आफन्तले घटना संकास्पद भएको भन्दै सत्यतथ्य छानविनको माग गरेका छन् ।

के कारणले मृत्यु भएको भन्ने बारेमा खुलेको छैन । घटनाबारे थप अनुसन्धानका लागि घटना स्थलमा प्रहरी निरीक्षक रावलको कमान्डमा प्रहरी खटिएको छ ।

तपाईको प्रतिक्रिया