Advertisement
SKIP THIS
अछाममा ग्याङ फाईट, घटना स्थलमा पुगेका प्रहरीको टाउकोमा चिरपट प्रहार

अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिका २ को तेलढोल्नेमा रहेको एक पसलमा ग्याङ फाइट भएको छ। बिहीबार साझँ साँफेबगर नगरपालिका ४ खाला बस्ने २१ बर्षिय अरमान आउजी,अनिल आउजी र साफेबगर नगरपालिका ८ का १९ वर्षिय निचल कुँवर, सोही ठाउँका १८ बर्षिय आकाश ताम्राकार र १९ बर्षिय सौरभ कुवँर ग्याङ फाईट भएको हो।

उनिहरु बिच वादविवाद हुदाँ सौरभ कुवँरले सिसाको गिलासले अरमान आउजीको टाउकोमा प्रहार गरी घाईते भएका, उनलाई उपचारका लागि आफन्तले धनगढी लिएका अछाम प्रहरीले जनाएको छ।

दुई समुह बिच ग्याङ फाईट भएको ठाउँमा पुगेको ईलाका प्रहरी कार्यालय बयालपाटाका प्रहरी माथि नै चिरपट प्रहार भएको र चिरपटबाट प्रहरी सहायक हवल्दार केशर कुँवरको टाउको चोट लागेको प्रहरीले जनाएको छ। घटना संलग्नहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको अछाम प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया