Advertisement
SKIP THIS
नवनियुक्त अर्थमन्त्रीले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने

काठमाडौंः नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् । सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

‘पूर्व तयारी बिना तय भएका आयोजनाहरूको काम अगाडि बढाउँदैनौँ । तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौँ । फजुल खर्च मूल्याङ्कन गरेर काम गर्छौँ,’ खनालले भने।

आफूहरूले आयोग मार्फत दिएका सुझावहरू कार्यान्वयन गर्न समेत तत्पर रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया