Advertisement
SKIP THIS
हट्यो अछाम जिल्लामा लगाईएको निषेधाज्ञा र कर्फ्यू

अछाम:अछाम जिल्लामा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमबाट लगाईएको निषेधाज्ञा र कर्फ्यू हटाईएको छ।

जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थाको विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति अछामको भाद्र २८ गतेको निर्णयानुसार अछाम जिल्लामा लगाईएको निषेधाज्ञा र कर्फ्यू हटाईएको प्रमुख जिल्ला अधिकारी आनन्द सारुद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

अछाम जिल्लाभरको सीमाभित्र लागू हुने गरी जारी भएको निषेधाज्ञा एवं कर्फ्यू २८ गते बिहान ११:०० वजे देखि लागू हुनेगरी हटाईएको सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया