Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकाले महिनारी हुँदा विभेद गर्नेलाई सेवा नदिने

अछाम: अछामको साँफेबगर नगरपालिकाले महिनावारी हुँदा गोठमा बस्ने र बस्न बाध्य बनाउनेलाई सेवासुविधा रोक्ने निर्णय भएको गरेको छ।

नगर कार्यपालिकाको बैठकले महिनावारी विभेद गर्नेलाई नगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा नदिने निर्णय गरेको हो।

नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले सबै १४ वडाहरुसँग समन्वय गरि गोठ भत्काउने अभियान सञ्चालन गरिने जानकारी दिए। यसैगरी बैठकले जातिय छुवाछुत तथा भेदभाव गर्नेलाई कानुन अनुसार कार्वाहीका लागि सिफारिस गर्ने,न्यायिकसमिति मार्फत जनचेतना मुलक कार्यक्रमहरु सचालन गर्ने निर्णय पनि गरिएको छ।

तपाईको प्रतिक्रिया