Advertisement
SKIP THIS
अछाममा ३ दिनमा ११३ छाउगोठ भत्काईए,बिनायकमा मात्रै १०७ गोठ भत्काईए

अछाम:अछाम जिल्लामा पछिल्लो ३ दिनमा १ सय१३ छाउगोठ भत्काईएका छन। पछिल्लो ३ दिनमा पञ्चदेवल विनायक नगरपालिका ९ राकुमा-१८ वडा नं ८ बोहरागाँउमा-७, छाप्रेबाझ-१, ओखतेगडा-११, ढोड-२ गरी जम्मा-२१ वटा छाउगोठ भत्काईएको छ।

यस्तै पञ्चदेवलकै वडा नं ४ टोडकेसालमा-३ वटा र बान्नीगढी जयगढ गाउँपालिका ४ धारासैनमा- १, मालुकट्टे-३, भेडासैन-१, लामागाउँ -१ गरी १सय १३ वटा छाउगोठ भत्काइएको अछाम प्रहरीले जनाएको छ।

भाद्र १३ गते अछामको पंचदेवल विनायक नगरपालिका वडा नम्वर ८ को बारलामा महिनावारी हुदाँ त्रिपाल टागेर सुतेको समयमा ढुंगा लागेर दुई जनाको ज्यान गएको थियोे । 

तपाईको प्रतिक्रिया