अछाम:अछामको चौरपाटी गाउँपालिकाको निकै बिकट क्षेत्र वडा नं १ को सिरफाली सडक सञ्जालले जोडिएको छ।
निर्माणाधीन सेती राजमार्गबाट चौरपाटी गाउँपालिकाको समन्वय सेती राजमार्ग कार्यालयले सहयोगमा वडा नं १ को सिरफालीमा रहेको सरस्वती आधारभुत बिधालय सम्म सडक पुगेको हो।
चौरपाटीबाट अझै सो गाउँ सडक पुग्न करिब ५ किलोमिटर बाकि रहेको भौगोलिक बिकटता कडा चट्टानका कारण सडक पुर्याउन मुस्किल परेको य आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेश सरकाबाट २५ लाख बिनियोजन भएको र बाकि अपुग भए गाउँपालिकाले सहयोग गर्ने यो बर्ष चौरपाटीबाट सिरफाली सम्म सडक पुर्याउने गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले बताए ।
सेती राजमार्ग निर्माण सम्पन्न भए सो सडकबाट चौरपाटी गाउँपालिका वडा नं १,२,३,६,७ र डोटिको पुर्विचौकी गाउँपालिका लाई समेत आवतजावतमा छोटो हुने गाउँपालिका अध्यक्ष साउदले बताए ।










