अछाम:अछामको प्रमुख ब्यापारीक केन्द्र साफेबगर नगरपालिकाको मुख्य बजार ढलले ढाकेको छ।
साँफे छिपेखोलाको मध्यपहाडि राजमार्ग अन्तर्गत जिप पार्क बजारमा ढलले ढाकेपछि सडक माथिबाटै ढल बग्ने गरेको छ। नयाँ शहरले बनाईदिएको ढलको नालिलाई साँफेबगर नगरपालिका र एयरपोर्ट बजार ब्यावस्थापन समिति सरसफाइमा ध्यान नदिदा राजमार्गकै हविगत भएको हो।

बर्षाको समयमा ढल निकास नहुदा मुख्य सडकबाट बजार क्षेत्रमा ढल पस्दा बजार क्षेत्र दुर्गन्धित भएको छ।यता एयरपोर्ट बजार ब्यावस्थापन समिति पटक पटक नगर पालिकालाई भन्दा पनि वास्ता नगरेको अध्यक्ष राम बहादुर कुँवरले बताए ।व्यक्ति गत पैसा खर्च गरेर कति पटक सफा गराउदा पनि पानीको निकास नभएको अध्यक्ष कुँवरले बताए ।










