अछाम: गैरसरकारी संस्था न्याय हेल्थले हात झिकेपछि
प्रादेशिक अस्पतालको रुपमा सञ्चालन हुने अन्तिम चरणमा पुगेको बयालपाटा अस्पतालको बोर्ड फेरिएको छ । बयालपाटा अस्पताल लेखिएको बोर्ड मात्रै रहेको अस्पतालमा अहिले बयालपटा प्रादेशिक अस्पताल लेखिएको बोर्ड राखिएको छ ।
यस अघिको बोर्डमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र न्याय हेल्थ नेपालद्धारा सञ्चालित बयालपाटा अस्पताल अछाम लेखिएको थियो भने हाल उक्त बोर्ड हटाएर सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय बयालपाटा प्रादेशिक अस्पताल अछाम लेखिएको बोर्ड राखिएको छ ।
बयालपाटा अस्पतालका लागि गठन आदेश पश्ताव कर्मचारी भर्नाको काम अन्तिम चरणमा पुगेको छ। भाद्र १ गतेदेखि अस्पताल प्रादेशिक अस्पतालको रुपमा सञ्चालन हुदैछ।










