Advertisement
SKIP THIS
साँफेबगरमा ईलाका प्रशासन कार्यालय स्थापनाका लागि अर्थ मन्त्रालयले दियो स्वीकृत

अछाम:साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि बाटो खुलेको छ। ईलाका प्रशासन कार्यालय स्थापनाको लागि संघीय सरकारको अर्थ मन्त्रालले गृह मन्त्रालयलाई अनुमति दिएसँगै साँफेबगरमा ईलाका प्रशासन स्थापनाका लागि बाटो खुलेको हो।

भौगोलिक कठिनाई र सेवाग्राहीलाई सहज रुपमा प्रशासनको सेवा प्रवाह गर्न अछाम क्षेत्र नं १ को साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापनाको लागी लामो समय देखि माग हुँदै आएकोमा स्थानीय तहको सिफारिसमा जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरको नेतृत्वमा प्रक्रिया अगाडि बढेको थियोे ।

प्रमुख कुँवर तत्कालीन प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल मार्फत माग स्थानीय तहका सिफारिस र जिल्ला समन्वय सिफारिस सहित गृह मन्त्रालयमा माग गरेका थिए ।इलाका प्रशासन कार्यालय स्थापनाका लागि बिहिवार अर्थ मन्त्रालयले अनुमति दिएको जानकारी प्राप्त भएको जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले बताए ।

अव आवश्यक जनशक्ति, भौतिक पुर्वाधार लगायत अन्य संरचनाको गृह मन्त्रालले अध्ययन गरेर चाँडै स्थापना हुने प्रमुख कुँवरले विश्वास व्यक्त गरे ।अन्य आवश्यक व्यवस्थापनको लागि जिल्ला समन्वय समितिको तर्फबाट सहयोग र सहजिकरण भईराख्ने कुँवरले बताए ।

तपाईको प्रतिक्रिया