Advertisement
SKIP THIS
अछामको ढकारीमा बाघको आक्रमणबाट एक जना घाइते

अछाम:अछाममा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन।शनिबार जिल्लाको ढकारी गाउँपालिका–४ का ४९ वर्षीय धर्मसिंह थापा दिउँसो बाघको आक्रमणमा परि गम्भीर घाइते भएका छन्।

थापा ससुराली दाउनामोरा बाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा वसन्त सामुदायिक वन अन्तर्गतको बुकखोला डाँडामा दिउँसो करिब ३ बजे बाघले आक्रमण गरेको स्थानीयले बताएका छन।

आक्रमणका क्रममा थापाको दुबै गाला, टाउको र बायाँ हातको पाखुरामा गहिरो चोट लागेको छ। घाइते थापालाई स्थानीयको सहयोगमा उद्धार गरी राति नै जिल्ला अस्पताल मंगलसेन पुर्याइ उपचार सुरु गरिएको छ।

अचानक भएको बाघको आक्रमणपछि सो क्षेत्रमा स्थानीय बासी त्रसित बनेका छन। वन क्षेत्रमा एक्लै आवतजावत नगर्न सबैमा अनुरोध।

तपाईको प्रतिक्रिया