अछाम:कैलालीमा सुदूरपश्चिम प्रदेका दुई जना मन्त्री सवार गाडी एक आपसमा ठोक्कीएर दुर्घटना भएका छन् ।
मंगलवार प्रधानमन्त्री केपी ओलि सहभागी चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी लम्कीमा एक आपसमा ठोक्कीएका हुन।
अगाडि सवार भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालको गाडिलाई पछाडिबाट गईरहेको आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडीले ठक्कर दिएको हो।
दुर्घटनामा गाडीमा क्षति भएको छ,भने गाडिका दुबै जना मन्त्री सवार रहेका थिए ।दुबै गाडिमा सवार कसैलाई चोटपटक नलागेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










