Advertisement
SKIP THIS
सेवाग्राहि बढेपछि जिल्ला प्रशासनले कार्यालय अछामले जोर बिजोर अनुसार सेवा दिने

अछाम: अछामका राष्ट्रिय परिचय पत्र बनाउनेको उल्लेखनीय भिड बढेपछि जिल्ला प्रशासन कार्यालय अछामले जोड बिजोर प्रणाली लागू गरेको छ।

बुधबार जिल्ला प्रशासन कार्यालय अछामले एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्रलाई सामाजिक सुरक्षा भत्ता, बैंङिक कारोबार लगायतका अन्य सेवा प्राप्तिका लागि अनिवार्य गरे पश्चात नागरिकता प्रतिलिपि/नँया नागरिकता लिने सेवाग्राहीको संख्या दैनिक साविक भन्दा दोब्बर बढी भएकोले जोड बिजोर प्रणाली लागू गर्नु परेको जनाएको छ।

साथै जिल्ला प्रशासन कार्यालयमा मिति २०५८।११।०४ भन्दा अगाडी जारी भएका नागरिकताको अभिलेख जली नष्ट भएकाले सो समय भन्दा अघि जारी भएका नागरिकताको अनिवार्य रुपमा अभिलेख कायम गरी नागरिकता प्रमाणपत्र/प्रतिलिपि जारी गरी राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने अवस्था भएकोले प्रतिलिपि लिने सेवाग्राहीको संख्या अत्यधिक बढेको स्रोत साधनबाट भएकोले समयभित्र सबै सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न नसकिएको जनाएको छ।

यस्तै प्रशासनले सेवा ग्राहिको संख्या धेरै भएकाले बिहान ८ बजे देखी साँझ ६:३० सम्म सेवा प्रवाह हुने जनाएको छ।

तपाईको प्रतिक्रिया