अछाम:अछाममा राष्ट्रिय परिचयपत्र बनाउन पुगेकि बृद्धा जिल्ला प्रशासन कार्यालयबाटै हराएकि बृद्धा भेटिएकि छन।
सोमबार बिहान मेल्लेख गाउँपालिका ७ नन्देगडा दुपाल्तकि ७५ बर्षिय परेकि रावल मध्याह्न १२ बजे राष्ट्रिय परिचयपत्र बनाउनको लागि लाईनमा लागेकै अवस्थामा हराएकि थिईन। दिउँसो करिव साढे ४ बजेतिर मंगलसेन नगरपालिका ५ को मानबस्तामा भेटिएकि हुन।
स्थानीयहरुले अपरिचित बृदा देखेपछि स्थानीय पदम बोहराको घरमा राखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनकि बुहारी जानकि रावललाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।










