Advertisement
SKIP THIS
अछाममा राष्ट्रिय परिचयपत्र बनाउन पुगेकि बृद्धा जिल्ला प्रशासन कार्यालयबाटै हराईन

तारामान खड्का अछाम:अछाममा राष्ट्रिय परिचयपत्र बनाउन पुगेकि बृद्ध जिल्ला प्रशासन कार्यालयबाटै हराएकि छन। सोमबार बिहान मेल्लेख गाउँपालिका ७ नन्देगडा दुपाल्तकि ७५ बर्षिय परेकि रावल राष्ट्रिय परिचयपत्र बनाउनको लागि लाईनमा लागेकै अवस्थामा हराएकि हुन।

मानिसको भिडभाड देखेपछि डराउने स्वभावकि ७५ बर्षिय रावल मध्याह्न १२ बजे लाईन लागेको अवस्थामा हराएकिले खोजिदिन आफन्तले आग्रह गरेेका छन। देख्ने ब्याक्तीले ९८६२४४९८०२ मा र नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेको छ।हराएकि बृद्ध रावलले टाउको सेतो टोपी निलो चोलि र रातो सिर्के सारी र खुट्टामा चप्पल नलगाएको परिवारले जनाएको छ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि श्रावण १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि बुहारी जानकी रावलले उनलाई जिल्ला प्रशासन कार्यालय मंगलसेन लगेकि थिईन।

सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अछाम जस्ता दुर्गम क्षेत्र जेष्ठ नागरिकहरुले सास्ती भोग्नुपरेको छ।

तपाईको प्रतिक्रिया