Advertisement
SKIP THIS
अछाममा डिएसपी भण्डारीका १३ महिना ,अपराध अनुसन्धान देखि सामाजिक कार्यमा समेत

निराकरण खबर अछाम:अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक इश्वरी प्रशाद भण्डारीले अछाम प्रहरीको १३ महिना नेतृत्व सम्माहेका छन । २०८१ असारमा अछाम प्रहरीको नेतृत्व सम्माहालि २०८२ श्रावण पहिलो साता सरुवा भएका भण्डारीले अछाम जिल्लामा अपराध अनुसन्धान देखि शान्ती सुरक्षा अमनचयन कायम गर्न महत्वपूर्ण योग्दान गरेका छन । बिभीन्न सामान्य घटनामा आलोचित हुने अछाम प्रहरी भण्डारीको नेतृत्वमा १३ महिना सम्म कहि कतै पनि आलोचित भएन । यसको मुख्य कारण प्रहरी नायव उपरिक्षक इश्वरी प्रशाद भण्डारीको कुशल क्षमता , १३ महिना सम्म सबै दल,ब्याक्ती,समुह सग गर्ने गरेको एकै किसीमको ब्यावहारले नै भण्डारीलाई कसैबाट आलोचित हुन परेन ।

भण्डारीकै पालामा आर्थीक बर्ष २०८१÷०८२ मा दर्ता भएका १२३ अपराधमा घटना मध्ये ७९ मुद्धाको फछर्यौट भएका र बाकीँ रहेका ४२ मुद्धाको हदम्याद २ बर्ष भएकाले फछर्यौट हुन पाएनन् । यस्तै आर्थीक बर्ष २०८१÷०८२ अपराधका ८९ मुद्धा दर्ता भएकोमा ९४ प्रतिशत अर्थात ७९ मुद्धा फछर्यौट भए । १ सय २३ मुद्धाका १६३ अभियुक्त रहेकोमा १४६ जना प्रकाउ गरि गरिएको थियो । यस्तै प्रहरी नायव उपरिक्षक इश्वरी प्रशाद भण्डारीले जघन्य प्रकृतिको कर्तव्य गरि ज्यान ढकारी गाउँपालीका ८ कि २ किशोरीको हत्यालाई सफल अनुन्धान गरि घटनालाई सुरक्षीत अवतरण गराएका थिए । महिला बालबालिका तथा जेष्ठ नागरिकहरु पिडित भएका ३१ घटना दर्ता भएकोमा ३१ घटनाहरु नै फछर्यौट भएका थिए ।

यस्तै भण्डारीकै नेतृत्वमा सडक सुरक्षा अभिवृदिका जिल्लाभरी ४ सय ९२ सचेतनामुलक कार्यक्रम गरि १६ हजार ९ सय ८६ नागरिक लाभान्वित भएका थिए ।लागु औषधका ९ मुद्धामा ११ जनालाई प्रकाउ गरि मुद्धा दर्ता भएका थिए ।अछाम जिल्लामा बिभीन्न मुद्धा दर्ता भए भई फरार १ सय ११ रहेकोमा १७ जनालाई प्रकाउ गरि ७ बर्ष ८ महिना १४ दिन कैद सजाय भुक्तान गराई १५ लाख ८ हजार ४ सय ७८ रुपैया जरिवाना गराइएको थियो ।

यस्तै समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तरगत जिल्लाभर ४ सय ७५ गरि लागु औषध सम्वन्धी १ सय ९०,आत्महत्या न्युनिकरण १ सय ७५ सवारी दुर्घटना न्युनिकरण २७५ वाल बिवाह ५५ बहुबिवाह १० छाउपडि गोठ मुक्त अभियान १सय ९० लगायतका कार्यक्रमबाट ३० हजार जना लाभान्वित भएका थिए । अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक इश्वरी प्रशाद भण्डारीको १३ महिनामा नागरिकले शान्ती सुरक्षा अमनचयनको महशुस गरेका थिए ।

तपाईको प्रतिक्रिया