Advertisement
SKIP THIS
अछामका प्रहरी प्रमुख भण्डारी सहित २० डीएसपीको सरुवा ,अछाममा ओमप्रकाश खनाल आउदै

अछाम:अछाम सहित २० डीएसपीको सुरुवा भएको छ।प्रहरी प्रधान कार्यालयले एक वर्ष कार्यकाल पूरा गरेका २० प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले डीएसपीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

जसमध्ये केही जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका छन् । जिल्ला फेरिएकाहरूमा अछाम,भोजपुर, सल्यान र बझाङ छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अछाममा ओमप्रकाश खनालको काज सरुवा भएको हो। हालका अछाम प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीको उपत्यका प्रहरी कार्यालय रानिपोखरी सरुवा भएको हो।

यस्तै भोजपुरमा राजु लामा, सल्यानमा हेम केसी, र बझाङमा खगेन्द्र धमलाको काज सरुवा भएको छ । काज सरुवाबारे प्रहरी कर्मचारी प्रशासनले सम्बन्धित प्रहरी अधिकारीलाई मात्रै जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया